News Portal

शान्तिको सन्देश

कविता

- श्याम कर्ण
२२३ पटक

बिहानी पख उदाएको सूर्यको किरणसँग
जब म आफ्नो आँखा खोल्छु ,
पंक्षीहरु आफ्नो काममा उडेसरी

म आफ्नो गन्तव्य कोर्छु।
गन्तव्य त टाढा नै छ
थाहा छ मलाई,

यात्रामा कठिनाई अझै छन् धेरै
सोच्दिन म त्यो टाढापन र कठिनलाई
सोच्छु त केबल प्राप्ति र सफलतालाई
जसमा उदिएको छ अनेकौ सपनाहरु ।

एकचोटि त अस्ताउँला म
केक नै भो र ?
अर्को दिन फेरि उदाउँछु

नयाँ बिहानी लिई
अनि कोर्छु म फेरी आफ्नो गन्तव्य,
पन्छीहरू आकाशमा उडेसरी।
छर्ने छु, म शान्ति चारै तिर
शान्तिको एक मात्रै ,
मीठो सन्देश बनी।

प्रतिकृया दिनुहोस्