News Portal

शान्तिश्री परियार र युवराज मगरकाे आवाजमा कालजयी गीत‘नरोउ मायालु’

फरकपोस्ट संवाददातामाघ १३ काठमाडौं
१७७ पटक
माघ १३ काठमाडौं

नेपाली लोक संगीत जगतका अमर श्रष्टा स्व.झलकमान गन्धर्वले दशकाैं पहिले गाएको उक्त गीतमा गीतकार बलराम चौलागाँई र संगीतमा गणेश परियारको यथावत् रहेका छन् । पुन: रेकर्ड गरेर ल्याईएकाे गीतमा स्व. झलकमान गन्धर्व प्रति समर्पण गर्दै उहाँको सम्मानमा केही शब्दहरु पनि समावेश गरिएकाे छ ।

झलकमान प्रतिष्ठान संग अनुमती लिदै उक्त गीतलाई गायक युवराज मगरले पुन: रेर्कड गरेका हुन् । गीतकाे नयाँ म्यूजिक एरेञ्ज सुदिप सागरले गरेका छन् । श्यामश्वेत रसाइलीकाे मिक्सिङ मास्टरिङ्गमा तयार पारिएकाे यस गीतकाे रेकर्ड प्रिज्म  स्टुडियोमा गरिएको हो भने रेर्कडिङ कमल थापा र गाेविन्द अनेकले गरेका हुन् ।

गीतमा गायक गायिका संगै सरोज प्रजा राना,विना राउत,बिजय पुन,बिष्णु दगामी मगर र बाल कलाकारमा जेबिन र जेबिस श्रेष्ठ, आयुसी ढकालले अभिनय गरेका छन् ।  म्युजिक भिडियाेकाे निर्देशन काजि श्रेष्ठ,छायांकन अर्जुन तिवारी र सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् । युबराज मगरको यस अगाडी पनि धेरै गीतहरु बजारमा आएर दर्शक श्राेताका मन जितिसकेका छन् ।

एक दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक युवराजले झण्डै १ सय बढी गीतमा स्वर दिएका छन् । ‘मयाली’,‘सयौँ जुनी’,‘चरी’,‘गोरखपुरे रेलैमा’ लगायतका उनका गीतलाई दर्शक श्राेताले रुचाएका छन् ।

‘नरोउ मायालु’ बोलको गीतलाई पनि स्रोता एवं दर्शकले रुचाउनेमा आशावादी रहेको गायक युवराजको भनाई छ । यो कालजयी गीतमा स्वर दिन पाउँदा आफूलाई भाग्यमानी ठानेको दुबै गायक गायीकाले बताए । उक्त गीत युबराज मगर अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

प्रतिकृया दिनुहोस्