News Portal

दाेहाेरीका एक अब्बल गायक भीम पाैडेल सधैको लागि अस्ताए

फरकपोस्ट संवाददातामाघ १३ काठमाण्डाैं
१०८८ पटक
माघ १३ काठमाण्डाैं

प्रत्येक्ष दाेहाेरीका एक अब्बल गायक भीम पौडेल सधैको लागि अस्ताएका छन । प्रत्येक्ष दाेहाेरी गाएर दर्शक श्राेताकाे सर्बाधिक माया पाएका भीम कलाकारहरुकाे उर्वर भूमि भनेर चिनिने स्याङ्जा जिल्लामा जन्मिएका गायक हुन्। सधै‌ं हसिलाे मुद्रामा रहेर दाेहाेरी गाउदै सबैकाे ध्यान आफू केन्द्रित बनाउन सक्ने क्षमता भएका भीमले संगाे नेपाली लाेक दाेहाेरी गीत संगीत क्षेत्रलाई शाेकाकुल बनाएर संसार छाेडेर गएका छन् । भीमकाे बिहिवार “रातको ११:२० मा निधन भएको पारिवारिक श्राेतले बताएकाे छ । मृतक भीमकाे पार्थिब शरिरलाई श्रद्धान्जलीका लागि आज बिहान पोखरामा ल्याइने जानकारी पाएको छौ” इन्देणीका संचालक कृष्ण कंडेलले भन्नु भयो ।

लामो समय देखि अवस्थ रहेका भीम डिप्रेसनको सिकार समेत भएकाे पारिवारिक श्रोतले बताएको छ । केही समय देखि सानो सानो कुरामा पनि तनाब लिने र काम प्रति खासै चासो दिन छाडेका पौडेलले एक महिना अगाडी इन्द्रेणीको स्टुडियोमा पुगेर एउटा मात्रै दोहोरी गएका थिए । पछिल्लाे समय प्रस्तुतीहरु निकै कम आइरहेका थिए उनकाे ।

इन्द्रेणीका संचालक कृष्ण कंडेल पत्रकार कमल सरगमले राती नै  भीमकाे निधन भएको खबर सामाजिक संजालमा राखेका थिए । भीमकाे निधन भएकाे खबरले रातारात सामाजिक रञ्जाल रंगियाे सबै कलाकरहरुले श्रद्धान्जली दिइरहेका छन् । नेपाली लाेक दाेहाेरी गीत संगीत संग सम्बन्धित भीमका सहकर्मी, अग्रज, अनुज लगायत सबैले दुख व्यक्त गरिरहेका छन् ।

हाल सम्म डिप्रेसनकै कारण र रगतको कमिको कारण मात्रै उनको निधन भयो या अन्य कारण पुरा खुलेको छैन तर झन्डै २ महिना देखि भीम पौडेल निकै बिरामी रहेको पारिवारिक श्रोतले बताएको छ । उनको साइलो भिनाजु राजन खत्रीकाका अनुसार २ महिना देखि राम्रो संग नखाने,एकोहोरो हुने जस्ता उनको त्यो शैलीले परिवार निकै चिन्तित रहेको थियो । भीममा देखिएको एकाएक त्यो नसाेचिएकाे परिवर्तन र अचम्मित पार्ने लक्षणले परिवारमा चिन्ता बढिरहेकाे थियाे ।

भीमले २ बर्षको उमेर हुदै बाबा गुमाएका थिए ,७८ बर्षीय एक्ली आमालाई झन् एक्लै बनाएर भीम सधैलाई संसार छाडेर गएका छन् । ५ भाई र ४ दिदीबहिनी मध्यका कान्छो छोरा भीम २०४१ सालमा स्याङ्गजा जिल्ला पुतलीबजार नगरपालिकामा जन्मिएका थिए । परिवारको कान्छो छोरो भएको कारण पनि आमाको काखमै हुर्किने खेल्ने गरे। ठुलो हुदा सम्म आमा संगै बसेका उनी १ महिना देखि आमा संगै गाउँमा बस्दै आएका थिए ।

स्टुडियाेमा एल्वम रेकर्डिङ गरेर सांगीतक यात्रा सुरुवात गरेका भीमकाे लागि यतातिर अपेक्षाकृत र फलदायी रहेन। झन्डै ८ वर्ष अगाडी देखि प्रत्येक्ष दोहोरीको क्षेत्रमा भीम एकाएक उदाए । प्रत्येक्ष दाेहाेरी देखिएकाे उनकाे सक्रियता लाेकप्रियता र अब्बलताले प्रत्यक्षेत्र दाेहाेरीमा उनकाे माग पनि उतिकै बढ्न थाल्यो, दिनप्रतिदिन भीमले गाएका दाेहाेरी दर्शक श्राेताले सर्बाधिक रुचाउन थालेपछि भीमकाे व्यस्ता निकै बढेकाे थियाे । दाेहाेरीका सवाल जवाफमा प्रखर भीमकाे दाेहाेरीका शब्द संगै उनको हाँसोलाइ लिएर दर्शक श्राेता रमाउने गर्दथे ।

दाेहाेरीकाे मर्म, माैलिकता र संस्कृतिलाई सधैं शिरमा सजाएर दाेहाेरी गाउन थाल्ने भीम पौडेल सस्ताे लाेकप्रियता विवाद र अहमता देखि जहिल्यै टाढा रहने कलाकार थिए ।  भीमकाे आज शुक्रबार अन्तेष्टि गरिने जानकारी प्राप्त भएको छ । पारिवारिक श्रोतका अनुसार पौडेललाइ पोखरामा ल्याएर हिन्दु परम्परा अनुसार रामघाटमा दाहसंस्कार गरिने जानकारी दिईएकाे छ ।

यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सचिव जीवन दाहालको नेतृत्वमा पोखरामै श्रद्धाञ्जली सभा राखिने बताइएको छ।  लोक दोहोरी प्रतिष्ठान गण्डकी प्रदेश, लोक दोहोरी प्रतिष्ठान कास्की जिल्लाका कलाकार परिवारनै सहभागी हुने गरि उक्त श्रद्धाञ्जली सभा राखिने भएकाे छ ।  ला

भीमकाे मृत्यु प्रति राष्ट्रिय लाेक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजिले पनि दुख व्यक्त गरेका छन । दोहोरी क्षेत्रका एक नक्षेत्र गुमाउनु परेको भन्दै बिजिले दुख व्यक्त गरेका हुन् । भीम पौडेलले नेपाली लाेक दाेहाेरी क्षेत्रमा दिएको योगदान जुगौ जुग रहने पनि बिजीले जाेडेका छन् । संगै थुप्रै अग्रज सहकर्मी अनुज लगायत गीत संगीत क्षेत्र संग सम्बद्ध सबैले भीमकाे मृत्युप्रति सामाजिक सञ्जालमा समवेदना व्यक्त गरिहरेका छन् ।

प्रतिकृया दिनुहोस्