News Portal

रवि लामिछानेले फेरि पाए : नेपाली नागरिकता

सौगात सिंह माघ १५ काठमाडौँ
१५१ पटक
माघ १५ काठमाडौँ

रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनी आज जिल्ला प्रशासन कार्यालय काठमाडौँ गएर नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्।

लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार फेरि नागरिकता कायम भएको जनाएका छन् ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको फेरि प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको हो । उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमाएका थिए ।

त्यसैले उनी अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको फेरि प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका हुन् ।

प्रतिकृया दिनुहोस्