News Portal

गृह मन्त्रालय हामीले पहिले नै पाएको जिम्मेवारी हो : रास्वपा प्रवक्ता ढकाल

फरकपोस्ट संवाददातामाघ १५ काठमाडौँ
१७० पटक
माघ १५ काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले आइतबार केन्द्रीय समितिको बैठक पछि गृह मन्त्रालयको जिम्मेवारी रास्वपाले पहिल्यै पाइसकेको जिम्मेवारी अहिले पनि आफ्नै जिम्मेवारी भएको बताएको बताएका छन्

‘हामी सरकारमा कसरी सहभागी हुने भन्ने विषयमा फेरि छलफल गर्नुपर्ने अवस्था छैन । गृह मन्त्रालय रास्वपाले पहिल्यै पाइसकेको अवस्था हो, फेरि दाबी गर्नुपर्ने कुरा छैन । हामीले नै कसलाई गृहमन्त्रालयको जिम्मेवारी दिने भनेर निर्णय लिने कुरा हो । त्यसमा हामी छलफल गरेर निर्णयमा पुग्छौँ ‘ ढकालको दाबी छ।

उनले लामिछानेको नागरिकता सम्बन्धी विवादमा अदालतले छिटो फैसला गर्‍यो भनेर विरोध गर्ने अवस्था नरहेको पनि बताए ।

अदालतबाट छिटो निर्णय आउनुपर्छ भनेर हामीले पनि भन्दै आएका हौँ । तर, त्यस्तो हुने गरेको छैन । सार्वजनिक महत्वका थुप्रै मुद्दा अदालतमा लामो समयदेखि विचाराधीन छन्,’ उनले भने, ‘तर हाम्रै मुद्दामा किन अदालतले छिटो फैसला गर्‍यो भनेर विरोध गर्ने कुरा छैन । तथापि त्यसबारे हामीले छलफल गरेका छौँ । हामी आगामी दिनमा पनि यस्ता सवालहरू माथि अदालतको चासोलाई नजिकबाट हेर्छौँ ।’

प्रतिकृया दिनुहोस्