News Portal

कसलाई गृहमन्त्री बनाउने प्रधानमन्त्रीको अधिकार हो : महरा

फरकपोस्ट संवाददातामाघ १६ काठमाडौँ
२०४ पटक
माघ १६ काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने विषय सरकारको भएको भन्दै प्रधानमन्त्री प्रचण्डले टुंग्याउने बताएका छन् ।

सोमबार पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यो बिषयमा पार्टीमा छलफल नभएको बताएका हुन् । ‘गृहमन्त्रीको विषयमा प्रवेश नै गरिएन, यो सरकारको विषय हो’, महराले भने, ‘गृहमन्त्री को हुन्छ, को हुन्न भन्ने कुरा प्रधानमन्त्री प्रचण्डले टुंगो लगाउने कुरा हो । यो पार्टीले टुंग्याउने कुरा होइन ’ भन्ने तर्क महराको छ।

उनी अघि बैठकबाट निस्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि सञ्चारकर्मीले यसबारे प्रश्न सोधका थिए । गृहमन्त्री कसलाई बनाउनुहुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले ‘ बनाएपछि थाहा हुन्छ ’ भन्ने जवाफ दिएका छन् ।

अमेरिकी नागरिकता त्यागेर नयाँ नागरिकता नलिएको भन्दै सर्वोच्च अदालतले शुक्रबार गृह मन्त्रालय सम्हालेका रवि लामिछानेको सांसद पद खारेज गरिदिएको हो ।

सर्वोच्चको फैसलापछि लामिछानेले प्रधानमन्त्री समक्ष राजीनामा दिएका थिए । उनको राजनीमा पछि गृह मन्त्रालय जिम्मेवारी प्रचण्ड स्वयंले सम्हालि रहेका छन् ।

पुनः नागरिकता प्राप्त गरेसँगै लामिछाने गृह मन्त्रालयमा दोहोरिन चाहेको तर प्रधानमन्त्री प्रचण्डले निर्णय दिएका छैनन् ।

प्रतिकृया दिनुहोस्