
परराष्ट्रमन्त्री विमला राई पौड्याल श्रीलङ्का जाने कार्यक्रम तय भएको छ ।
श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसमा सहभागी हुन परराष्ट्र मन्त्री पौड्याल बिहीबार कोलोम्बोतर्फ प्रस्थान गर्ने कार्यक्रम छ रहेको स्रोतले जनाएको छ ।
मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रीको श्रीलङ्का भ्रमणलाई यसअघि स्वीकृति प्रदान गर्ने निर्णय गरिसकेको छ ।
परराष्ट्रमन्त्री भएपछि पौड्यालको यो पहिलो विदेश भ्रमण हो।
श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेले माघ २० र २१ गते (फेब्रुअरी ३ र ४ तारिख) मा हुने विशेष समारोहमा दक्षिण एसियाली मुलुकका विदेश मन्त्री र अन्य विशिष्ट पाहुनालाई निमन्त्रणा गरेका थिए ।
भ्रमणका दौरान मन्त्री पौड्यालले उच्चस्तरीय द्विपक्षीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम समेत छ ।
श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्री र विदेश मन्त्री, भारत र माल्दिभ्सका विदेश मन्त्री लगायतसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्ने तयारी पनि गरिएको छ ।
शुक्रबार विभिन्न ‘साइडलाइन मिटिङ’ हरु हुने र शनिबार मुख्य समारोहमा सहभागी हुने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमण सकेर परराष्ट्र मन्त्री पौड्याल आइतबार स्वदेश फर्किने फर्किनेछन ।