
लुम्विनी प्रदेश सभा सदस्य धनबहादुर मास्कीले पश्चिम दाङको विकासकालागी पहल गरिरहेको बताउनु भएको छ । आफु निर्वाचित भए लगत्तै २ वटा पुल निर्माणका लागी पहल गरी ठेक्का प्रक्रियामा गएको बताउदै बबई गाउँपालिका ५ को ट्वाङखोलामा पनि पुल निर्माणको लागी डिपीआर हुने बताउनु भएको छ । बबई गाउँपालिकामा आयोजित गाउँपालिकाको अर्धवार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उहाँले बबई गाउँपालिकामा रहेका पर्यटकिय स्थलहरुको विकासमा लुम्विनी प्रदेशले बिशेष पहल गर्ने बताउनुभयो ।
बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुरखत्री क्षेत्रीको अध्यक्षता तथा प्रदेश सांसद मास्कीको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय सहिती उपप्रमुख चेतना चौधरी, बबई गाउँपालिका उपाध्यक्ष बमकुमारी खड्का र प्रमुख प्रसाशकिय अधिकृत मुक्ति नन्द रावलको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा नागरिकहरुले उठाएका प्रश्न माथी जनप्रतिनिधी तथा गाउँपालिकाका शाखा प्रमुखहरुले जवाफ दिनुभएको छ । कार्यक्रमको सहजीकरण रामप्रसाद सुबेदीले गर्नुभएको थियो ।