
शुक्रबार बिहानैदेखि तराईका केही क्षेत्रमा हुस्सु तथा कुहिरो लागेको छ । बिहानीपखको हुस्सु/कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
तराईमा हुस्सु कुहिरो बाहेक देशभरको मौसम सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ, भने पहाडी केही भूभागमा आंशिक बदली रहने छ ।
महाशाखाले तीन दिने मौसम पूर्वानुमान जारी गर्दै देशभरको मौसम प्राय: सफा रहने जनाएको छ ।
यस्तो छ मौसमको पूर्वानुमान
२०७९ माघ २० गते (शुक्रबार)
दिउँसोː प्रदेश नं. १ र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
रातिː प्रदेश नं. १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
२०७९ माघ २१ गते (शनिबार)
दिउँसोː प्रदेश नं. १ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
रातिː प्रदेश नं. १, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ।
२०७९ माघ २२ गते (आइतबार)
दिउँसोː प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
रातिː देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।