
लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित हुनुभएको छ । नेकपा माओवादी केन्द्रसहितको साथ पाउनुभएका उहाँले ४ हजार २६ मतभार प्राप्त गरी निर्वाचित हुनुभएको हो ।
उहाँले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गर्नुभयो । दसौंदीले ४ हजार २६ मतभार पाउनुभयो भने कांग्रेसका आचार्यले ३ हजार ७२० र नाउपाका रायले १९२ मत पाउनुभयो । आज बिहान १० बजेदेखि घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदानका लागि दिउँसो ३ बजेसम्मको निर्धारण गरिएको थियो । ३०५ जना मतदाता मध्ये ३०४ जनाले मतदान गरेको निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कँुवरले जानकारी दिनुभयो ।
उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दशौदी, नेपाली काँग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार रहेनुभएको थियो ।