News Portal

टिका पुन सांगीतिक साँझ सम्पन्न भएको उपलक्ष्यमा “धन्यवाद ज्ञापन तथा सम्मान पत्र वितरण कार्यक्रम

फरकपोस्ट संवाददातामाघ २६ काठमाण्डाैं
१०९३ पटक
माघ २६ काठमाण्डाैं

टिका पुन सांगीतिक साँझ -२०७९ भव्य र सभ्य रुपमा सम्पन्न भएको उपलक्ष्यमा “धन्यवाद ज्ञापन तथा सम्मान पत्र वितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । दर्पण संगीतालयकाे आयाेजनामा गत माघ २१ मा कार्यक्रम प्रज्ञाप्रतिष्ठानकाे सभाहलमा सानदार रुपमा सफल एवं सम्पन्न भएकाे थियाे ।

“धन्यवाद ज्ञापन तथा सम्मान पत्र वितरण कार्यक्रमकाे अध्यक्षता दर्पण संगीतालयका अध्यक्ष उदिराम खड्काले गरेका थिए । बरिष्ठ गायक एवं सर्जक प्रेमराजा महतको प्रमुख आतिथ्यता रहेको कार्यक्रमकाे विशिष्ट अतिथिका रुपमा बरिष्ठ गायक, सर्जक एवम् चलचित्र निर्देशक नारायण रायमाझी रहेका थिए । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्मा, चर्चित गायक रामजी खाण, चर्चित गायक एवम् सर्जक किरण बाबु पुन, चर्चित गायिका राधिका हमाल लगायत थुप्रै कलाकार र क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।

“धन्यवाद ज्ञापन तथा सम्मान पत्र वितरण कार्यक्रमकाे सञ्चालन पत्रकार हरी पुन मगरले गरेका थिए ।  टिका पुन सांगीत साँझकाे मिडिया संयोजकन पत्रकार  प्रकाश बराईली “अभिब्यक्तिले” गरेका थिए । कार्यक्रममा “टिका पुन सांगीतिक साँझ” लाई भब्य, सभ्य रुपमा सफल पार्नका लागि आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गर्ने संघ संस्था, प्रयोजक, सहयोगी क्रियाशील मिडियाका पत्रकारहरुलाई प्रमुख अतिथीको रुपमा रहेका बरिष्ठ गायक प्रेमराजा महत, बरिष्ठ गायक एबं चलचित्र निर्देशक नारायण रायमाझी, दर्पण संगीतालयका अध्यक्ष उदिराम खड्का र गायिका टिका पुनको हातबाट सम्मान गरिएको थियो ।

“टिका पुन सांगीतिक साँझ” लाई भब्य र सभ्य रुपमा सफल पार्नका निम्ति आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गर्ने संघ संस्था, प्रयोजक, सहयोगी क्रियाशील मिडियाका पत्रकार सहयोगीदाता लगायत सबैप्रती आभार प्रकट गर्दै गायिका टिका पुनले यो सहयोग आफूले कहिल्यै नबिर्सने बताइन् ।

कार्यक्रमको मिती घोषणा भए देखी कार्यक्रमको अन्तिम दिन सम्म न भोक न निन्द्रा भनेर म लगायत धेरै मेरा शुभचिन्तकहरु खटिनु भएकाे छ भन्दै टिका भावुक भइन् ।  कतिपय व्यक्तिहरुले मलाई बाचा गरेर पनि धोका दिनुभयो, याे मेराेमात्र विषय हाेइन् भाेली हजुहरुकाे नि पालाे आउँछ भन्दै गुनासाे गरिन् । कतिपय ब्यक्तीले मलाई चित्त पनि दुखाउनु भयो । मलाई सुर्खेत भेरी तिरका ब्यक्तिहरुले सहयोग गर्नु भएन । सुर्खेतले आफ्नो चेलीलाई हेला गर्‍यो । तर पनि दर्शकहरुको मायाले हल भरिएर खचाखच हुदा म निकै उत्साहित बनेकी थिए उनले भनिन् ।

कार्यक्रम हेर्नका निम्ति दर्शक हलमा नअटाएर फर्किन समेत परेकाे थियाे । मनमा धेरै गुनासोहरु थिए तर यहाँ भनेर साध्य छैन । जे जस्तो गुनासो भएपनि कार्यक्रम भब्य रुपमा सफल भयो । यसैमा खुसी छु भन्दै सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै साथ सहयाेगकाे अपेक्षा गरेकाे बताइन् ।

 

प्रतिकृया दिनुहोस्