News Portal

लाखाैंकाे जागिर छाेडेर माछा पाल्दै प्यूठानका भाेजबहादुर बस्नेत

गन बहादुर पेस्तोलमाघ २६ प्युठान
१३२३ पटक
माघ २६ प्युठान

प्यूठान जिल्ला प्यूठान नगरपालिका २ खैराका भोज बहादुर बस्नेत विगत ३ बर्ष देखि माछा पालन व्यावसाय गर्दै आएका छन् ।
माछा व्यावसायी बस्नेत हाइड्रो पावरकाे मासिक लाखौको जागिर छोडेर आफूले माछा पालन व्यावसाय गर्न थालेको बताउछन । बस्नेतले आफू संगै अन्य ४ जनालाइ रोजगार समेत दिएका छन ।

सुरुमा उनले करिब १ करोड को लगानीमा फम संचालन गरेका थिए । फम संचालन गर्नको लागि  धेरै समस्या र चुनौतिहरुको सामना गर्नुपरेको भोज बहादुर  सम्झन्छन् ।फम सञ्चालनका निमित्त बस्नेतले वार्षिक ४ लाख भाडा तिर्ने गरि ५६ राेपनी जग्गा (लिज) भाडामा लिएका छन। उनकाे चेहेरामा खुसी छ मनमा सन्तुष्टी पनि, भाेज बहादुर  मुस्कुराउदै भन्छन् म यो मेरो व्यावसाय बाट सन्तुष्टि पाइरहेकाे छु । आफ्नै देशमा आफ्नै ठाउँमा आफूले श्रम गरेर पसिना बगाएर आफ्नाे व्यवसाय अगाडी बढाउन पाएकाेमा गर्व महसुस गर्दछु । उनले अरु यूवाहरुलाई पनि आफ्नाे देशमै आफ्नाे पाैरखमा यस्तै व्यावसाय गर्न सुझाब दिन्छन् ।

भोज बहादुरले माछा पालन संगै गाई भैंसी र बङ्गुर फम समेत संचालनमा ल्याएर व्यवसाय अगाडी बढाइरहेका छन् ।  अरुकाे काम र अरुकाे देश भन्नदा पनि आफ्नाे माटाे र आफ्नाे कामले आफूलाई आनन्दित बनाउने उनकाे भनाइ छ । उनी भन्छन् परिश्रम गरे हाम्रै माटाेमा सुन फलाउन सकिन्छ ।

भोज बहादुरले जसरी आफ्नै देशमा आफ्नाे माटाेमा पसिना बगाउन सके नेपाली युवा  स्वराेजगार नेपाल र नेपालीकाे जीवनस्तरमा परिवर्तन आउन धेरै समय कुर्नु पर्दैन । यस अर्थ देशमा मेहनत र परिश्रम गराैं आफ्नाे हातका नङ र निधारका पसिना आफ्नाे माटाेमा बगाआैं ।

प्रतिकृया दिनुहोस्