News Portal

महेश र अस्मिताले गाए प्रेम दिवस लक्ष्यित गीत ‘जून टिपि’

फरकपोस्ट संवाददातामाघ २७ काठमाण्डाैं
११४९ पटक
माघ २७ काठमाण्डाैं

प्रेम सप्ताह चलिरहेकाे बेला लाेकप्रिय गायक सर्जक महेश काफ्लेले प्रेम दिवस विशेष गीत ‘जून टिपि’ सार्वजनिक गरेका छन् । गीतमा महेश काफ्ले र अस्मिता अधिकारीकाे आवाज दिएका छन् । महेश काफ्लेकाे शब्द एवं संगीतमा रहेकाे यस गीतकाे संगीत संयाेजन रिकेश गुरुङले गरेका हुन् । श्यामश्वेत रसाइलीकाे मिक्सिङ्ग मास्टरिङ रहेकाे यस गीतकाे रेकर्डिङ प्रिज्म स्टुडियाेमा गरिएकाे हाे ।

गीतमा महेश र अस्मिता आफैंले अभिनय प्रस्तुत गरेका छन् । म्युजिक भिडियाेकाे निर्देशन विवेक रसाइलीले गरेका हुन् । प्रेम जाेडीकाे रंगिन विषयवस्तु उठाएकाे  छ । प्रेम दिवस लक्ष्यित यस गीतले प्रेम जाेडीका प्रेमील शब्दहरु बाेलेकाे छ । गीत महेश काफ्लेकाे अफिसियल युटुब च्यानल  Mahesh And More युटुब च्यानल  मार्फत सार्वजनिक गरिएकाे छ । गीतले सबै माया गर्नेकाे मन जिताेस् हाम्राे तर्फबाट शुभकामना ।

प्रतिकृया दिनुहोस्