News Portal

‘पिरिम नलाउने’ गीतले पायाे १० करोड भ्युज, खुशियालीमा केक काटियाे

गाेविन्द अनेकमाघ २८ काठमाण्डाैं
११३९ पटक
माघ २८ काठमाण्डाैं

लाेकप्रिय गायिका मेलिना राई र गायक आशिष सचिनकाे स्वरमा रहेको ‘पिरिम नलाउने’ बोलको गीतको भिडियोले युट्युबमा १० करोड  भ्युज पाएपछि गीतमा संग सम्बन्धित टिमले एक कार्यक्रमकाे आयाेजना गरि खुशियाली मनाइएको छ ।  बरिष्ठ संगीतकार शम्भुजित बास्कोटा र ओएसआर डिजिटलका महाप्रबन्धक ओम अग्रवालको हातबाट केक काटेर गीतले  १० करोड भ्यूज पाएकोमा खुशीयाली मनाएको हो ।

कार्यक्रममा बोल्दै वरिष्ठ संगीतकार बास्कोटाले निर्माण युनिटको खुलेर तारिफ गर्दै नेपाली दर्शक यति सलर सहज र लाेकप्रिय गीत दिनु प्रशंसाको विषय भएको जिकिर गरे । संगीतकार बास्काेटाले गायक आशिष सचिन,  संगीतकार दीपक र संगीत संयाेजक नरेन्द्र वियाेगी र गीतका ध्वनी सम्पादक साउण्ड इन्जिनियर श्यामश्वेत रसाइलीकाे खुब तारिफ गरे । कार्यक्रममा बोल्दै गायक आशिषले १० करोड क्लब तथा नेपालको सबैभन्दा बढी हेरिने गीत मध्येकाे चौथो स्थानमा आफ्नो गीत पर्दा खुशीको कुनै निश्चित सिमाना नरहेको बताए । उनले  ‘पिरिम नलाउने’  को सफलताले आफूलाई नयाँ उर्जा र हाैसलाका संगै अझै राम्रो गीत दिनुपर्ने चुनाैती र जिम्मेवारी थपेको बताए ।

कार्यक्रममा बाेल्दै गीतका गीतकार संगीतकार दिपक शर्माले आफ्नो सृजना पिरिम नलगाउने सबैको प्रिय बन्दा आफू पनि नेपाली गीत संगीतप्रेमी दर्शककाे मन मनमा जोडिन पाएको छु भन्दै खुशी ब्यक्त गरे । पिरम नलाउने गीतका भिडियो निर्देशक सुब्रतराज आचार्यले आफूलाई फेरि पनि यस्तै काम गर्न मन लागेको भन्दै ५ वर्षअघि भिडियो छायांकन गरिएको फर्पिङको डाँडाको नाम नै पिरिम नलाउने डाँडो राखिएको रोचक किस्सा सुनाए । गायक हिमाल सागर, वरिष्ठ फिल्म सम्पादन नरेन्द्र खड्का लगायतको उपस्थिति रहेको कार्यक्रममा  गीतसँग सम्बन्धित सबै पक्षलाई मायाको चिनो तथा सम्मान पत्र प्रदान गरिएको थियो ।

ओएसआर डिजिटलबाट रिलिज गरिएको पिरिम नलाउने नामक यस गीतमा नायिका वर्षा राउतसँगै गायक आषिशको अभिनय रहेको छ । गीतमा नरेन्द्र वियोगीको एरेन्ज, श्यामश्वेत रसाइलीकाे मिक्सिङ्ग (ध्वनी सम्पादन) रहेकाे छ भने यस गीतकाे अडियाे रेकर्डिङ्ग प्रिज्म स्टुडियाेमा गरिएकाे हाे ।  उत्सव दाहालको छायांकन, नवीन निरौलाको सम्पादन रहेको छ । गीतमा गम्भिर विष्टको कोरियोग्राफी रहेको छ ।

प्रतिकृया दिनुहोस्