News Portal

गाउँ गाउँमा लघुवित्त संस्थाको आतंक

८२९ पटक

लघुवित्त सहकारी संस्थाको मुख्य उद्देश्य समाजमा गरिवी हटाइ जनताकाे जीवनस्तर र आर्थिक अवस्था उकास्नुका साथै मजबुत बनाउनु हो । तर अहिले समाजमा लघुवित्त संस्थाहरु  गलत ढंगले सबलाइरहेका छन् ।  आफ्नो जीविकोपार्जन सहजै गरिरहेका दर्जनौं परिवारको अहिले घर नै सठिबास लगाइ दिएका छन् यी संस्थाहरुले । यति मात्र होइन सहकारी को कर्जा तिर्न नसक्दा आत्महत्या सम्मका घटनाहरु पनि दिनप्रतिदिन घटिरहेका छन् ।

विभिन्न लघुवित्त संस्थाहरुले केही आयआर्जनकाे आश्वासन बाँडेर समाजमा महिलाहरुलाई केन्द्रित गरि समुहमा आबद्ध गराउने र कर्जा उपलब्ध गराउदै आएका छन् । घरेलु उद्योग तथा साना व्यवसाय गर्न चाहाने महिलाहरुलाई लक्षित गरि न्यून ब्याजदर मा कर्जा उपलब्ध गराइ महिला हरुको आर्थिक उन्नतिमा टेवा पुर्याउने काम सहकारी भएपनि अहिले अधिकांश महिलाहरु सहकारीका कारण आर्थिक शोषणको शिकार भइरहेका छन् ।  सहकारीहरुले  लापरबाही रुपमा उपलब्ध गराउने कार्जा र चर्को ब्याजदर बुझाउदा उपभाेक्ताहरु निकै मारमा पर्ने र रकम बुझाउन नसक्दा घरमा ताल्चा लाग्ने सम्मकाे समस्या झेल्न बाध्य छन् ग्रामिण भेगका जनताहरु ।

कोरोना भाइरस पछि कमजोर बनेकाे देशकाे अर्थतन्त्र , उद्योग , ब्यापार व्यवसाय र बेरोजगारीले गर्दा नेपाली जनतालाई आर्थिक अवस्था को सामना गर्न निकै कठिन अबस्था सिर्जना भइरहेकाे छ । त्यतिमात्र हाेइन रूस युक्रेन युद्धले निम्ताएको इन्धन र पेट्राेलियम पदार्थकाे महंगीले गर्दा  घुवित्त संस्थाहरुले चर्को ब्यजदर मा कर्जा लिन बाध्य भइरहकेका छन् नेपाली जनताहरु ।  समयमै  कर्जा फिर्ता गर्नका लागि  पैसा आउने स्रोत नभएपछि उनीहरु चरम आर्थिक संकटकाे सामना गरिरहेका छन् ।

मजदुरी गरेर आफ्नो बिहान् बेलुकीको छाक टार्न धाैधाै परिरहेका परिवारहरु माथि सहकारीले  आलो घाउमा नुनचुक दल्ने काम गरिरहेकाे छ । सहकारीकाे याे हर्कत र दादागिरीका कारण गरिब बिपन्न परिवाहरु बिचल्ली मा परेको छन । सहकारीले हरियाे घाँस देखाएर गर्दनमा खुकुरी प्रहार गर्ने प्रवृति जनतामाथि देखाइरहेकाे छ ।

यसैकाे कारण कैयाैं मान्छेहरु आफ्नाे घर छाडेर भाग्न विवश छन् भने कतिपयले आत्महत्या समेत पनि गर्ने गरिरहेका छन् ।  देशमा यस्ता घटनाहरु दिनहुँ घटिरहदा पनि सहकारीले गाउँ गाउँ मा गएर भ्रम सृजना गर्दै लाेभ लालच देखाउदै चर्को ब्यजदरमा कर्जा उपलब्ध गराउन छोडेका छैनन् ।

नागरिककाे अभिभावक मानिने राज्य सहकारी आतंककाे मूकदर्शक बनेर माैन बसिरहेकाे छ । राज्य वा सम्बन्धि निकायले सहकारी आतंकका विषयमा समयमै संयमता अपनाउन र राेकथाम गर्न नसके समाजमा अझै भयावहक स्थिति सृजना हुने निश्चित नै छ । सरकारबाट  कुनै अवसर र राेजगारका कार्यक्रमहरु नहुदाँ  चर्को ब्याजदरको कर्जा लिएर नागरिकहरु आफ्नाे दैनिकी गुर्जान बाध्य भइरहेका छन् । सहकारीहरुलाई जनताकाे सेवामा लगाउने नै भए राज्यले उचित नियम र कानुनकाे निर्माण गरि सस्ताे र सहुलियत ब्याजदरमा जनतालाई कर्जा उपलब्ध गराउने वातावरण तयार गरिदिए साच्चै जनताकाे जिविकाेपार्जन गर्न र जीवनस्तर उकास्न यसले सहयाेग गर्ने थियाे । लघुवित्त संस्थाहरुले पनि सहुलियत ब्यजदरमा कर्जा उपलब्ध गराइ गरिब बिपन्न परिवार को आर्थिक अवस्था लाई बलियो बनाउन तिर केन्द्रित हुनुपर्छ । अन्यथा भाेली यसले समाजमा भ‌ंयकर समस्या निम्ताउने र सयाैंका संख्यामा नागरिकहरुलाई घरवारविहिन बनाउने कुरा धेरै पर छैन, यसकारण समयमै सचेत बनाैं । सहकारीकाे चरम लापरबाही दादागिरी र आतंकका विरुद्धमा सबैले खबरदारी गराैं र समाजबाट निस्तेज पाराैं ।

प्रतिकृया दिनुहोस्