News Portal

विन्दवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मी पक्राउ

फरकपोस्ट संवाददाताफागुन ७ काठमाण्डाैं
१३०७ पटक
फागुन ७ काठमाण्डाैं

विन्ध्यवासिनी म्युजिक प्रालीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय साइबर व्युरोले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

रेग्मी थाइल्याण्डबाट स्वदेश फर्किदै गर्दा पक्राउ  परेका हुन ।

साइबर व्युरोका प्रवक्ता पशुपति कुमार रायले रेग्मीलाई पक्राउ गरिएको जानकारी दिए । उनीविरूद्ध साइवर व्युरोमा उजुरी परेपछि अनुसन्धान गर्न पक्राउ गरिएको रायले जानकारी दिए ।

उनीविरूद्ध गायक प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरी दिएका छन्।

सामाजिक सञ्जालमामार्फत् विभिन्न कलाकारविरूद्ध अश्लिल गाली गलाैज गर्ने,अपशब्द प्रयोग गर्ने र कलाकारहरूको चरित्रहत्या गरेको उजुरीमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्