News Portal

माओवादी लाल ‌किल्लामा एमालेकाे ‘ग्रासरुट’ अभियानले मोर्चा कस्दै

सुगम सराेवरफागुन १२ दाङ
७४३ पटक
फागुन १२ दाङ

नेपाल कम्युनिष्ट पार्टी  एमालेले मेचिदेखि महाकालिसम्म यतिबेला  ‘ग्रासरुट’ अभियान संचालन गरिरहेको छ । एमालेले फाल्गुन ५ देखि सुरु अभियानकाे अाैपचारिक रुपमा सुरुकाे गरेकाे हाे । ‘ग्रासरुट’ अभियानमा  पार्टी केन्द्रका नेता देखि स्थानीय तहसम्मका नेता कार्यकर्ताहरुको सक्रियता निकै बढेको छ।

यसैबीच माओवादीकाे आधार क्षेत्रका रुपमा परिचित पूर्वी रुकुममा पनि एमालेले “ग्रासरुट अभियान”लाई तिव्रता दिएको छ । जनताको घरदैलोबाट सुरु गरिएको अभियान अन्तर्गत विहीवार सिस्ने गाउँपालिकासम्म पुगेको छ । सिस्ने गाउँपालिकाको वडा नं ४ मा सम्पन्न भएको एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै दर्जनौ नेता-कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश समेत गरेका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं अभियानका प्रतिनिधि नवीन रोकाको प्रमुख अथित्यता रहेको कार्यक्रममा नेपाली काँग्रेस परित्याग गर्दै कमल प्रासद जैशी, पुत्ला खड्का र भरत खड्का,विप्लव नेतृत्वको नेकपाबाट राजु बिक, बम बहादुर खड्काको नेतृत्वमा माओवादी केन्द्र परित्याग गर्दै दर्जनौ नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।

कार्यक्रमको विशिष्ट अतिथिका रुपमा लुम्बिनी प्रदेशकी सांसद एवं एमाले नेतृ यमुना रोका रहेका थिए ।  कार्यक्रममा अन्य अतिथिहरु नेकपा एमालेका जिल्ला अध्यक्ष टोप बहादुर वली एमाले प्रदेश कमिटी सदस्य कैलाश बहादुर मल्ल र नेतृ आशा स्वर्णकारको समेत उपस्थिति रहेको थियो । स्थानीय नेता कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा “ग्रासरुट अभियान” को उदेश्य र औचित्यबारे वृहत छलफल गरिएकाे थियाे । पुर्वी रुकुम जस्तो दुर्गम बस्तीहरुमा पार्टी नेतृत्वहरुको प्रवेशले स्थानीयस्तरका खास समस्याहरु बोल्न पाएको भन्दै सहभागीहरुले खुसी समेत व्यक्त गरेका थिए ।

तत्कालीन माओवादीकाे दशवर्षे जनयुद्वको आधार क्षेत्र पूर्वी रुकुमसंग हालका एमाले नेता नवीन रोका र यमुना रोका अपरिचित होइनन् । रोल्पाको थवाङ्गमा जन्मिएका यी दुबै नेताहरु पूर्वी रुकुमको काखमा कयाैं सुखदुखहरु भोगेका‌ नेताहरु हुन् ।  जनयुद्ध ताका कुसल संगठकको परिचय बोकेका नवीन रोका र सांस्कृतिक मोर्चाका जनप्रिय कमाण्डर यमुनासंग पुर्वी रुकुमले यसपटक भने फरक राजनितिक विचारसहित भेतघाट गरेको छ । मुलुकमा विकसित राजनितिक उतार-चढाव र घटनाक्रम संगै नेकपा एमालेको राजनीतिक यात्रामा संघर्षरत दुबैजना नेताहरुलाई पुर्वी रुकुमका जनताहरुको अथाह माया,साथ र भरोसा भने उत्तिकै देखिन्छ । हिजो वन्दुकभित्र देखेका तिनै आम जनताका सपनाहरु आज विचारद्वारा पुरा गर्ने अभियानमा लागेकी सांसद यमुनालाई “ग्रासरुट अभियान”ले थप जनसम्बन्धहरु बढाउदै लगेको छ ।

पार्टीमा वैचारिक काम अपेक्षाकृत बन्न नसकेको,पार्टी पंङ्क्तिको चेतनास्तर अपेक्षित मात्रामा सुदृढ़ हुन नसकेको र नयँ परिस्थितिका नयाँ चुनौतीहरुको सामना गर्न पार्टी पङ्क्ति पर्याप्त मात्रामा सक्षम नरहेको निष्कर्षसहित नेकपा ‌एमालेले देशभर “ग्रासरुट अभियान” संचलानकाे थालनी गरेकाे छ । करिब २ महिनासम्मा रहने यस अभियानले अभियानले स्थानीयस्तरमा रहेका पार्टी भित्रका समस्याहरुसंग छलफल,बहस र हल गर्ने उदेश्य बोकेको छ ।

प्रतिकृया दिनुहोस्