News Portal

भागिरथ र शान्तिकाे आवाजमा ‘जले जलोस् हिउँचुली सुकोस फेवाताल’

फरकपोस्ट संवाददाताफागुन १२ काठमाण्डाैं
१३३९ पटक
फागुन १२ काठमाण्डाैं

पछिल्लो समय नेपाली लाेकदाेहाेरी क्षेत्रमा एकपछि अर्काे उत्कृष्ट्र सृजना पस्किँदै आएका लाेकप्रिय गायक भागिरथ चलाउनेले फेरि अर्को नयाँ गीत  ‘जलेजलोस् हिउँचुली सुकोस फेवाताल’ सार्वजनिक गरेका छन्  । भागिरथकै शब्द, संगीत तथा स्वर रहेको गीतमा गायनमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । गीतमा एरेन्ज कृष्ण विक ‘भान्जा’ ले गरेका छन ।  श्यामश्‍वेत रसाइलीकाे मिक्सिङ्ग मास्टरिङ्ग रहेकाे यस गीतकाे रेकर्ड प्रिज्म स्टुडियाेमा गरिएकाे हाे ।

म्यूजिक भिडियोमा गायक भागिरथ र मोडेल गीता ढुंगानाको  रोमान्स सहितकाे अभिनय देख्न सकिन्छ । प्रकाश भट्टको निर्देशन, नवराज उप्रेतीको छायांकन र टेकेन्द्र शाहको सम्पादनमा म्युजिक भिडियाे तयार पारिएकाे छ । गीतले मायाप्रेमकाे विषयलाई बलियाे रुपमा बाेकाे छ भने भिडियाेमा स्कुले जीवनकाे प्रेम देखाउन खोजिएको छ ।

भागिरथका  यस अगाडि ‘थोपडाले धोका दियो बरिलै’, ‘फलाम पिटे तरवार’, ‘झमझम झुम्कना’, ‘रात हेर्दै टोलाउँछु’ लगायत दर्जनाैं गीतहरु चर्चित एवम् लाेकप्रिय रहेका छन् ।

प्रतिकृया दिनुहोस्