News Portal

सिपलाई व्यवसायसंग जोड्नुहोस : अध्यक्ष वुढाथोकी

गन बहादुर पेस्तोलफागुन १३ प्युठान
८२१ पटक
फागुन १३ प्युठान

रोल्पाको सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले आफुले सिकेको सिपलाई व्यवसायसंग जोडेर उत्पादन गर्न सकेमा गाउँमै वसेर रोजगारी गर्न सकिने वताउनु भएको छ । गाउँपालिकाले ५ वटा सहकारी संस्थाका १६ महिलाका लागि आयोजना गरेको कृष्टलका गरगहना उत्पादन सम्वन्धि स्तरवृद्धी तालिमको समापन कार्यक्रममा वोल्दै अध्यक्ष बुढाथोकीले स्वदेश तथा विदेशमा सिप सिकेका सिपयुक्त जनशक्तीलाई उत्पादनमा जोडन सकेमा आर्थिक विकासमा सहज हुने वताउनु भयो । सिप सिकेका, व्यवसायिक योजना भएका तर, लगानिको खोजि गरिरहेका महिलाका लागि गाउँपालिकाले वित्तिय सहजिकरणको पहल समेत गर्ने भन्दै उहाँले यौटा सिप सिक्ने तर, अर्कै काम गर्ने प्रवृत्तिले सफलता प्राप्त नहुने वताउनु भयो ।
सुनिलस्मृती गाउँपालिकाले गाउँपालिका भित्रका ५ सहकारीका ६ जना महिलालाई कृष्टलका गरगहना उत्पादन सम्वन्धि स्तरवृद्धि तालिम दिएको सुनिलस्मृती गाउँपालिका लैंगिक समानता तथा सामाजिक समावेशिकरण शाखा प्रमुख भगवती वुढाले वताउनु भयो । तालिममा विगतमा आधारभुत सिप सिकेका महिलाहरु सहभागि थिए ।

प्रतिकृया दिनुहोस्