
प्युठान जिल्लाको झिम्रुक गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी प्रतिस जिसिलाई सम्मान गरेको छ।
आगामी वर्ष जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको ‘क्वालिफायर’ मा नेपाललाई पुर्याउन सफल भएको भन्दै गाउँपालिकाले जिसिलाई नगद १ लाख रुपियाँ सहित सम्मान गरेको हो।
क्रिकेट खेलाडी जिसि झिम्रुक गाउँपालिका वडा नम्बर ३ लामासेरामा जन्मिएका हुन्न ।
आइसिसी लिग–२ अन्तर्गत भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी प्युठान जिल्ला र झिम्रुक गाउँपालिकाको गौरव बढाएको भन्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी प्रतिस जिसि लाई हौसला बढाउन सम्मान गरिएको झिम्रुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले बताउनु भयो।
यसैबीच, खेलाडी प्रतिक जिसीलाई झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले व्यक्तिगत नगद ५० हजार रुपियाँ र दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ । साथै, कुसा पोख्रेल फाण्डेशनले समेत जिसीलाई सम्मान गर्दै ५० हजार रुपियाँ नगदसहित सम्मान गरेको छ ।
जिल्लाकै गौरव तथा राष्ट्रका गहनाहरुलाई सम्मान गर्न पाँउदा आफुहरुलाई अत्यन्त खुसी लागेको कुरा झिम्रुक गाउँपालिका उपाध्यक्ष पोख्रेलले बताउनु भयो।