News Portal

आर्थिक समृद्ध को आधार लघु अधम मार्फत रोजगार,स्वर्गद्वारी नगरपालिका

गन बहादुर पेस्तोलचैत १० प्युठान
८३३ पटक
चैत १० प्युठान

स्वर्गद्वारी नगरपालिका का प्रशासकिय प्रमुख तुल्सिराम गैरेले चैत्र ९ गते विहिवार गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम अन्तरगत गार्मेन्ट उधाेग सञ्चाल,मिनि टेलर्स तथा हाते ट्याक्टर सम्बन्धि मर्मत सम्भार जलुकेमा अनुगमन गर्नु भएको छ।

अनुगमन को क्रममा तालिम लिइरहेका केहि ब्यक्ति संग तालिमको बारेमा प्रतिक्रिया लिनु भएको थियो र अब यो तालिम बाट तपाईंहरु आफै आत्मनिर्भर बन्नु पर्छ,अझै तपाईंहरुको यो सिकाईमा कमि भएको भए नगरपालिका सहयोग गर्न तयार छ तर तपाईंहरु यो तालिम बाट लाभ चाहिँ लिनुपर्छ भन्दै आफ्नो कुरा राख्नु भएको थियो।
अन्तिममा बरिस्ठ उधम विकास सहजकर्ता सुशीला नेपाली लाई विषेश धन्यवाद दिनुभएको थिय‍ो यो तालिममा निकै सक्रिय रुपमा लाग्नुभएको छ।
तपाइहरुको यो उर्जा र सक्रियता यसरी नै यथावत रहोस् भन्दै शुभकामना दिनु भयो। अबका दिन बाट तपाईंहरु आफै उत्पादन गर्नु भएको कपडा नगरवासी ले खोजीखोजी लगाउने वातावरण रहोस् भन्दै सबैलाई हौसला दिदै आफ्नो भनाइ राख्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्