फरकपोस्ट संवाददाताचैत १७ काठमाण्डाैं

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच शितल निवासमा भेटवार्ता भएको छ।
आज शुक्रबार बिहान प्रधानमन्त्री दाहाल राष्ट्रपति पौडेललाई भेट्न शितल निवास पुगेका हुन्।
राष्ट्रपति र प्रधानमन्त्री बिचकाे नियमित भेटवार्ता रहेकाे राष्ट्रपति सचिवालय स्रोतले बताएकाे छ ।
राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेर प्रधानमन्त्री प्रचण्ड शितल निवासबाट बाहिरिइसकेका छन् ।
आजको भेटवार्तामा मन्त्रिपरिषद बिस्तारलगायत विषयमा पनि थप कुराकानी भएको बताइएको छ ।
दलहरूले नाम दिएमा आज अपरान्ह ३ बजे मन्त्रिपरिषद बिस्तार गर्ने तयारीमा प्रधानमन्त्री दाहाल रहेका छन्। मन्त्रीहरूलाई राष्ट्रपति र राज्यमन्त्रीलाई प्रधानमन्त्रीले शपथ खुवाउने व्यवस्था रहेकाे छ ।