News Portal

रुन्टिगढीमा काङ्ग्रेस क्षेत्रीय सचीव राजीनामा विनै करारमा नियुक्त

फरकपोस्ट संवाददाताचैत १७ काठमाडौं
२८० पटक
चैत १७ काठमाडौं

रोल्पा जिल्लाको रुन्टिगढी गाउँपालिकालेने पाली काङ्ग्रेस क्षेत्र १ रोल्पाका सचिव पारसमणी गिरीलाई गाउँपालिकाले प्रधानमन्त्री स्वरोजगार सहायकको रुपमा नियुक्ति गरेको छ ।

पारसमणी २०७४ सालको स्थानीय निर्वाचनबाट रुन्टीगढी गाउँपालिका वडा नं. ४ मा नेपाली काँग्रेसबाट निर्वाचित पूर्व वडा अध्यक्ष समेत हुन् ।

२०७९ को  स्थानीय निर्वाचनमा रुन्टीगढी गाउँपालिका अध्यक्षमा नेपाली काङ्ग्रेसका सभापति जनक पुन निर्वाचित बनेको ४ महिनापछि प्रधानमन्त्री स्वरोजगार सहायक(करार)मा नेपाली काङ्ग्रेस क्षेत्रीय सचिव गिरीलाई नियुक्ति गरेका हुन् ।

सक्रिय राजिनामा रहेको व्यक्तिको राजिनामा विना विभिन्न  कार्यकर्ता भर्ना गर्नु बिधिको शासनको विरुद्धमा भएको वाइसीएल नेपाल रुन्टीगढी गाउँपालिका अध्यक्ष क्षितिज मगरले बताए ।

ठुलो क्रान्ति र हजारौंको बलिदानबाट परिवर्तन भएको ब्यबस्थामा नाङ्गो नाच नाच्न नपाइने भन्दै उनले सच्चिन चितावनी समेत दिएका छन । कानुनी हिसाबले राजनीति र सरकारी जागिर दुबै एकसाथ गर्न कसैलाई छुट छैन उनले भने ।

प्रधानमन्त्री स्वरोजगार सहायकमा गिरी नियुक्ति भएको केही दिनमै गाउँपालिका अध्यक्ष पुनले निति र नियम बिपरित उनलाई प्रधानमन्त्री स्वरोजगार सहायकबाट आफ्नो स्वकीय सचिवालयमा नियुक्ति गरेका छन् । हाल गिरिले अध्यक्ष पुनको सचिवालय सम्हाल्दै आएका छन् ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम संघिय सरकारको अनुदान कार्यक्रम भएकाले स्थानीय तहले आफुखुसी काम गराउन नपाइने रुन्टीगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष बालाराम बुढाले बताए । रहेको

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेमन्तबहादुर डाँगीले स्वरोजगार सहायक गिरीले दुबै काम गरिरहेको र कार्यालयले जुनसुकै जिम्मेवारी पनि दिन सक्ने भन्दै बचाउ गरे । रुन्टीगढी गाउँपालिका निति, विधि र प्रक्रिया मिचेर कानुनी राज्यमा नाङ्गो नाच नाचिरहेको स्थानीयहरुको दुखेसो छ ।

रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले दुबै बिषयमा आफुले गाउँपालिकासंग स्पष्टीकरण माग्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस्