फरकपोस्ट संवाददाताचैत १८ काठमाण्डाैं

धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलको लागि मिटरब्याज पीडितहरु बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्रीले छलफलको लागि बोलाएपछि पीडितहरू हिँडेरै बालुवाटार पुगेका हुन् । मिटरब्याजीको विरोधमा तराईबाट हिँडेर काठमाडौँ आएका उनीहरूलाई प्रधानमन्त्री प्रचण्डले समस्या समाधानबारे छलफलका लागि यस अघि बोलाएका हुन् ।
काठमाडौँमा आन्दोलन गरिरहेका पीडितसँग सरकारले वार्ता समिति गठन गरेर वार्ता पनि गरिरहेको छ । पीडितले १० बुँदे माग प्रस्तुत गरेका छन् । ती मागबारे आज बालुवाटारमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।