News Portal

मिटरब्याजको समस्या समाधान गर्छु: प्रधानमन्त्री प्रचण्ड

फरकपोस्ट संवाददाताचैत १८ काठमाण्डाैं
२२२ पटक
चैत १८ काठमाण्डाैं

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ मिटरब्याज पीडितको समस्या समाधानका लागि आफू गम्भीर रहेको बताएका छन् ।

शनिबार बालुवाटारमा मिटरब्याज पीडितहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री बन्ने बित्तिकै मिटरब्याजी समस्या समाधानका लागि ऐन बनाउन निर्देशन दिएको र अहिले त्यो पूरा हुने चरणमा रहेको बताए ।

उनले अहिले गृहमन्त्री पनि आफू नेतृत्वकै पार्टीले पाएको र गृहमन्त्री पनि मिटरब्याज समस्याको समाधानका लागि गम्भीर रहेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले पीडितहरूलाई तत्काल राहत हुने र दीर्घकालसम्म पनि हुनेगरी समस्याको समाधान गरिने बताए।‘ म नै प्रधानमन्त्री भएको बेलामा यो समस्याको दिर्घकालीन ढंगले समस्या समाधान गर्नुछ। तत्काल पनि केही गर्नुछ,’ प्रधानमन्त्रीले भने।

मिटरब्याज समस्याको तत्काल समाधानका लागि केहीदिन अघि मात्रै उच्चस्तरीय आयोग गठन गर्ने निर्णय भएको प्रधानमन्त्रीले जानकारी गराए ।

प्रधानमन्त्रीले मिटरब्याजी साहुकारहरूलाई तत्काल फिल्डमा गएर सिधै कारबाही गर्न सक्ने न्यायिक अधिकारसमेत प्रयोग गर्न सक्ने अधिकारसम्पन्न आयोग बनाइने आश्वासन दिएका छन् ।

‘त्यो प्रक्रिया अगाडि बढिसकेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

उनले आफू प्रधानमन्त्री भएको बेलामा मात्रै यी समस्या समाधान हुनसक्ने भएकाले नै आफू यसमा गम्भीर ढंगले लागेको बताए।

यसअघि पनि खुमलटारमा मिटरब्याज पीडितहरुसँग आफूले भेटेको र उनीहरुको समस्या समाधानका लागि पहल गरेको प्रधानमन्त्री स्मरण गरे ।

‘तर, ऐनको अभावमा त्यो प्रभावकारी हुन सकेन, त्यसैले अहिले ऐन बनाउन लागेका छौैं,’ प्रधानमन्त्रीले भने।

ऐन बनाउँदा पीडितहरुसँग पनि सल्लाह सुझाव लिएर अगाडि बढ्ने प्रधानमन्त्रीले बताए।

  • ‘के गर्यो भने त्यो ऐनलाई अझै प्रभावकारी ढंगले व्यवहारमा लान सकिन्छ भन्ने सुझाव तपाइहरुबाट लिन म तयार छु,’ प्रधानमन्त्रीले भने। : सेताेपाटी
प्रतिकृया दिनुहोस्