बाेम बहादुर परियारचैत २६ काठमाण्डाैं

प्यूठानमा बाट दाङ जाने क्रममा सरुमारानी गाउपालिका ६ मोतिपुर भन्ने ठाउमा लु ३ च ३८५५ नम्बर को तरकारी बोक्ने जिप आज दुर्घटना भएकाे छ ।
दुर्घटनामा परि लमही नगरपालिका -८ सतबरिया दाङ बस्ने अन्दाजी २४/२५ बर्षका सत्यनारायण चौधरी को मृत्यु भएको छ ।
प्युठान नगरपालिका-१ खैरा बस्ने बर्ष १४ को प्रबिन जि.सि. र चालक लमही न. पा.१ सतबरिया बस्ने बर्ष २५ को प्रकाश चौधरी घाइते भएका छन् उनीहरुलाई थप उपचार को लागि प्युठान अस्पताल देखि बुटवल रिफर गरिएको छ ।
गाडी बाटोदेखी ३ सय मिटर तल खसेको जानकारी प्राप्त भएको छ । घाइतेहरुकाे टाउकोमा चोट देखिएको छ । दुर्घटनाकाे कारण खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।