News Portal

जिएस थापाले पाए सर्वोउत्कष्ट शव्द रचना तर्फकाे चाैथो ज्योति फिल्म म्युजिक अवार्ड

फरकपोस्ट संवाददाताचैत २६ काठमाण्डाैं
२०३ पटक
चैत २६ काठमाण्डाैं

नेपाली गीत संगीतमा विगत लामाे समयदेखि क्रियाशिल रहेर उत्कृष्ट योगदान दिन सफल गायक गीतकार संगीतकार एवं माेडल जिएस थापाले सर्वोउत्कृष्ट शब्द रचना तर्फकाे चाैथाे ज्याेती फिल्म म्युजिक अवार्ड २०७९ हात पारेका छन् ।

नायक रमेश उप्रेती, गायिका देविका बन्दनाकाे हातबाट उनले अवार्ड थापेका हुन् | केही महिना अगाडी लोकप्रिय गायक भाेजराज काफ्लेकाे संगीत जिएस थापाकाे शब्द पार्वती कार्की र जिएस थापाकै आवाजमा सार्वजनिक भएकाे गीत “आफ्नै देश “ बाट उनले सर्वाेउत्कृष्ट शब्द रचनाकाे तर्फको अवार्ड पाएका हुन |

नेपाली गीत संगीतमा निरन्तर लागिरहेका थापाकाका सृजना तथा  आवाजमा अन्य थुप्रै गीतहरु रहेका छन् । सन्देशमूलक, चेतनामूल र सामाजिक विषयवस्तुले भरिएका गीत संगीत गाउन रुचाउने थापाकाे नेपाली लाेक गीत संगीतमा बेग्लै पहिचान बन्दै गएकाे छ ।

अवार्ड प्राप्तपछि हामी संग कुरा गर्दै उनले भने दुख गरिएको ठाउँबाट यस्तो सम्मान प्राप्त हुदा साच्चिकै खुसी लाग्ने रहेछ र गरिरहेको काम प्रति गर्व महसुस संगै अझै हाैसला मिलेकाले थप तनमनका साथ लाग्ने उर्जा थपिएको हामीलाई बताए ।

प्रतिकृया दिनुहोस्