News Portal

कलाकर्मी संघको अध्यक्षमा उदिराम खड्का

फरकपोस्ट संवाददाताचैत २७ काठमाडौं
१२०५ पटक
चैत २७ काठमाडौं

कलाकर्मी संघको अध्यक्षमा उदिराम खड्का चयन भएका छन् । आइतबार काठमाडौँमा भएको पाँचौं अधिवेशनबाट खड्काको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो ।

वरिष्ठ उपाध्यक्ष रुक्मिणी गिरी, सन्तोष गुरूङ, महिला उपाध्यक्ष सन्ध्या सानु घताने चयन भएका छन् । कोशी प्रदेश अध्यक्षमा कविता गेलाल, मधेश प्रदेश अध्यक्षमा प्रदेशी शाह, बाग्मती प्रदेशमा महेशप्रसाद हाडा र गण्डकी प्रदेश अध्यक्षमा रामजी खाण चयन भएका छन् ।

लुम्बिनी प्रदेश अध्यक्षमा खुमबहादुर केसी, कर्णाली प्रदेश अध्यक्षमा कृष्ण रेउले र सुदूरपश्चिम प्रदेश अध्यक्षमा सुरत रावत चयन भएका छन् । प्रदेश अध्यक्ष स्वतः केन्द्रीय उपाध्यक्ष सरह हुन्छन्। त्यस्तै महासचिवमा लीलाधर भट्टराई (लिगेस) उपमहासचिवमा दीपक भण्डारी, हिक्मत शाही (क्षितिज) र पवन चुकाह चयन भए । कोषाध्यक्षमा दिपेन्द्र आले र सहकोषाध्यक्ष जालुमाया गुरुङ चयन भएका छन् ।

अधिवेशन उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका समहामन्त्री भिष्मराज आङ्दम्वे, केन्द्रीय सदस्य प्रतिमा गौतम, नेता भूपेन्द्रजंग शाही, मनोजमणि आचार्य, प्रदेश सांसद मैया श्रेष्ठलगायतले कला संरक्षणमा सबैले सहयोग गर्नुपर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस्