News Portal

संस्कृतिविद् स्व. सत्यमोहन जोशीकि धर्मपत्नी राधादेवी जोशीको निधन

फरकपोस्ट संवाददाताबैशाख २ काठमाडौं
२२० पटक
बैशाख २ काठमाडौं

संस्कृतिविद्, शताब्दी पुरुष स्व. सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी जोशीको १०० वर्षको उमेरमा निधन भएको छ ।

शनिबार बिहान ५ बजेर ५६ मिनेट जाँदा ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा उनको निधन भएको हो ।

मुटुमा समस्या देखिएपछि उनलाई चैत १६ गते अस्पताल भर्ना गरिएको अस्पतालले जानकारी दिएको छ ।

राधादेवीलेसत्यमोहनसँग ८४ वर्ष सहयात्रा गरेकी थिइन्। आठ महिना अघि मात्र सत्यमोहनको १०४ वर्षको उमेरमा  निधन भएको थियो ।

प्रतिकृया दिनुहोस्