News Portal

राष्ट्रिय लेखक दिवसमा वैरागी काइँला सम्मानित हुँदै

फरकपोस्ट संवाददाताबैशाख ४ काठमाण्डाैं
२०६ पटक
बैशाख ४ काठमाण्डाैं

नेपाली लेखक संघ, केन्द्रीय सचिवालयको बैठकले सम्पूर्ण लेखकले गौरव गर्ने ‘लाइब्रेरी पर्व’ का दिनलाई राष्ट्रिय लेखक दिवस मनाउने निर्णय गरेको छ।

हरेक वर्ष वैशाख १६ लाई लेखक दिवसका रूपमा मनाउन सम्पूर्ण लेखकलाई आग्रह गरेको छ। नेपाली लेखक संघले २०८० साल वैशाख १६ देखि बर्सेनि राष्ट्रिय लेखक दिवस केन्द्र, प्रदेश र जिल्ला तीन तहमै धुमधामका साथ मनाउन निर्देशन गरिसकेको छ।

१९८७ सालमा सरस्वती गुठी नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले ४५ जना कवि तथा लेखक एवं बुद्धिजीवीले हस्ताक्षर गरी श्री ३ भीम शमशेर समक्ष निवेदन पेस गर्दा श्री ३ महाराजले निवेदनमा हस्ताक्षर गर्ने सबै युवालाई दरबारमा बोलाउन लगाई दण्डित गरेको दिन ९ वैशाख (१६० लाई राष्ट्रिय लेखक दिवस मनाउन लागिएको जनाएको छ। यस दिनलाई नेपालको इतिहासमा पुस्तकालय पर्वका रूपमा पनि चिनिन्छ।

नेपाली लेखक संघ, केन्द्रीय सचिवालयको बैठकले सम्पूर्ण लेखकले गौरव गर्ने ‘लाइब्रेरी पर्व’ का दिनलाई राष्ट्रिय लेखक दिवस मनाउने निर्णय गरेको छ।

लेखक संघले लेखक दिवस मनाउने उपयुक्त दिन सिफारिस गर्ने कार्य दल समेत गठन गरेको थियो। डा। रत्नमणि नेपालको संयोजकत्वमा गठन भएको कार्यदलले पुस्तकालय पर्वलाई नै राष्ट्रिय लेखक दिवस मनाउँदा उपयुक्त हुने नेपाली लेखक संघको केन्द्रीय समितिलाई सिफारिस गरेको थियो। कार्य दलको सिफारिस नै केन्द्रीय समितिले अनुमोदन गरेको थियो।

उक्त दिनका सन्दर्भमा नेपाली लेखक संघ केन्द्रीय समितिले १ लाख रूपैयाँ राशिको ‘राष्ट्रिय लेखक पुरस्कार’ समेत घोषणा गरेको छ।

डा। रत्नमणि नेपालको संयोजकत्वमा गठन भएको कार्य दलले पुस्तकालय पर्वलाई नै राष्ट्रिय लेखक दिवस मनाउँदा उपयुक्त हुने नेपाली लेखक संघको केन्द्रीय समितिलाई सिफारिस गरेको थियो।

प्रत्येक दुई(दुई वर्षमा प्रदान गरिने यो पुरस्कार पहिलोपटक वरिष्ठ कवि एवं संस्कृतिविद् वैरागी काइँला ९तिलविक्रम नेम्बाङ० लाई अर्पण गरिने जनाएको छ।

उक्त पुरस्कार राष्ट्रिय लेखक दिवसको अवसरमा अर्पण गरिने संघका महासचिव सोझो गाउँलेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ।

प्रतिकृया दिनुहोस्