जीवन हमाल बैशाख ६ प्यूठान

प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ र वडा नम्बर ३ को सिमानामा पर्ने सोंड देखि माण्डवी नदीमा नुहाउन गएका एक युवकको डुबेर मृत्यु भएको छ ।
स्वर्गद्वारी आश्रम (मन्दिर ) को नाममा रहेको रा १ त ४८३४ नम्बरको ट्याक्टरका सहचालक १८ वर्षीय सुवास रोका मगरको पानीमा डुबेर मृत्यु भएको हो ।
झिमरूक गाउँपालिका वडा नम्बर ८ का सुवास स्वर्गद्वारी आश्रमको लागि ट्याक्टरमा बालुवा भरेर सकिएपछि गर्मी महसुस भएको र नुहाउन जान्छु भन्दै माडी नदीमा गएको चालक तिल बहादुर घर्तीलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय भिङ्ग्रीले जानकारी दिएको छ ।
आज बुधबार बिहान करिब ११ बजेतिर उक्त घटना घटेको प्रहरीले जानकारी दिएको छ । घटना घटेको खबर पाएपछि प्रहरी घटनास्थमा पुगेर मृतक सुवासलाईको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल बिजुवार पठाइसकेको छ ।