News Portal

कपनमा चक्कु प्रहारबाट घाइते भएकी महिलाकाे मृत्यु

फरकपोस्ट संवाददाताबैशाख ७ काठमाण्डाैं
४२२ पटक
बैशाख ७ काठमाण्डाैं

काठमाडौंको कपनस्थित सरस्वती नगरमा चक्कु प्रहारबाट घाइते महिलाको मृत्यु भएको छ ।

बाग्लुङको बडिगाड गाउँपालिका घर भइ काठमाडौं बस्दै आएकी ३५ वर्षीय निरा आचार्यको गरि हत्या भएको हो ।

बिहीबार अपराह्न साढे ३ बजे घाँटी र शरीरका अन्य भागमा भएको चक्कु प्रहारबाट उनी गम्भीर घाइते भएकी थिइन् ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजालले बताए । मृतक निरा पसल चलाउँदै आएकी थिइन् ।

प्रहरीका अनुसार आचार्यलाई कसले र किन चक्कु प्रहार गरेको थियो भन्ने खुलेको छैन । जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्