
हिमालय लोकस्टारको उपाधि रुकुमका बलराम विश्वकर्माले जितेका छन् । बुधबार राष्ट्रिय सभागृहमा सम्पन्न ग्राण्ड फिनालेमा उनी विजेता घोषित भएका हुन् ।
विजेता बलरामले १५ लाख रुपैयाँ नगदसहित अन्य पुरस्कार प्राप्त गरेका छन् । विजेता उपविजेता सबैलाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले ट्रफीसहित पुरस्कार प्रदान गरेका छन् ।
अर्का प्रतिस्पर्धी पिएन साइला फस्ट रनरअप घोषित भएका छन । उनले ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । वाइल्ड कार्ड प्रतियोगितामा प्रवेश गरेका सन्तोष क्षेत्री सेकेन्ड रनरअप घोषित भएका छन । उनले दुई लाख रुपैयाँ नगद प्राप्त गरेका छन् ।
दर्शकले दिएको भोट र जजहरुको मुल्यांकनका आधारमा विजेता घोषणा गरिएको जनाइएको छ । ६ जना प्रतिस्पर्धीले फाइनल उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । फाइनल कार्यक्रममा इन्द्रेणी समुहसहित जजहरु राजु परियार, कुलेन्द्र विश्वकर्मा, रामजी खाणले पनि सांगीतिक प्रस्तुति दिएका थिए ।