
प्राथमिक स्वास्थ्य केन्द्र स्वर्गद्वारी नगरपालिका भिङ्ग्री प्यूठानमा कार्यरत डाक्टर राजेन्द्र पौडेल सरूवा भएका छन । उनी विगत केही समयदेखि हाडजोर्नी विशेषज्ञता हासिल गर्न अध्ययन बिदामा रहेका थिए ।
प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीको स्तरोन्नति तथा व्यवस्थापनमा विशेष भूमिका निर्वाह गर्दै आएका अर्थोपेडिक सर्जन डाक्टर राजेन्द्र पौडेल भिङ्ग्रीबाट स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा सरूवा भएका हुन ।
भिङ्ग्रीमा कार्यरत रहदा सबैको सेवाग्राहीको मनमा बस्न सफल डाक्टर पौडेल अध्ययनको क्रममा पोखरा रहदा प्यूठानका धेरै विपन्न परिवारका बिरामीहरूको निशुल्क उपचार तथा शल्यक्रिया गर्न अहम भुमिका निर्वाह गरेका छन ।
प्यूठान घर भएको र विपन्न भएको जानकारी पाउदा बित्तिकै उक्त बिरामीलाई सम्पूर्ण क्षेत्रबाट विशेष सहयोग गर्न तम्सिने डाक्टर पौडेलले धेरै दिनदुखीहरूको दुखीरहेको घाउको मल्हम बनेका छन ।
हालसालै डाक्टर पौडेलले प्युठानको ऐरावती गाउँपालिका ६ बिजुली घर भएका ५ वर्षिय बालक दिप्सन बिकको निशुल्क उपचार गराएर घर पठाएका छन । गत आईतबार घरदेखी स्कुल जाने क्रममा लडेर दायाँ हात भाचिएका दिप्सनको परिवारले डाक्टर पौडेलकै सहयोगमा उपचारको लागि पोखरा पुर्याएका थिए । उनको हातको सल्यक्रिया गर्नुपर्ने भएको तर पारिवारिक अवस्था अत्यन्तै नाजुक भएकोले उपचारमा समस्या उत्पन्न भएको थियो ।
अहिले दिप्सनको शल्यक्रिया सफल बनाएर डाक्टर राजेन्द्र पौडेलले उनको परिवारमा खुसी भरिदिएका छन् । सोमबार दिप्सनको स्वास्थ विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा हातको सफल सल्यक्रिया भएको डाक्टर राजेन्द्रले बताए ।
डाक्टर राजेन्द्रले भावुक हुँदै भने आजभन्दा ५ वर्ष अगाडि दिप्सन ४ महिनाको मात्र हुँदा उनकी आमाको पोष्टमार्टम (सनाखत ) गर्नु परेको थियो आज उनै दिप्सनको सेवा गर्न पाइयो’, ।
आफ्नो छोराको हातको शल्यक्रिया नि:शुल्क गर्न पाउँदा अत्यन्तै खुसी भएको दिप्सनका बुवा दिनेस सुनारले बताए ।
विपन्न वर्गका प्यूठानीहरू जोकोहीलाई पोखरामा उपचारको सहजीकरण निरन्तर गर्दै जाने डाक्टर पौडेलले बताए । डाक्टर पौडेलले आफू जहाँ रहेपनी स्वर्गद्वारी संगको गहिरो सम्बन्ध रहिरहने बताउदै प्राथमिक स्वास्थ्य केन्द्रको विकास र स्वास्थ्य क्षेत्रको लागि सक्दो सहयोग सधैंभरि गरिरहने प्रतिबद्धता समेत गरेका छन् ।