News Portal

रास्वपाको सामना गर्न राप्रपा सक्षम छ : पशुपतिशमशेर राणा

फरकपोस्ट संवाददाताबैशाख १५ काठमाडौं
२०६ पटक
बैशाख १५ काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर जबराले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सामना गर्न राप्रपा तयार रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले गत चुनाव र उपचुनावमा पनि घन्टी बजेको भन्दै घन्टीको सामना गर्न राप्रपा सक्षम रहेको दाबी गरे । संसद् भद्रगोल रहेको र जुनकुनै अवस्थामा जे पनि हुन सक्ने बताउँदै उनले अप्ठ्यारो परिस्थितिको सामना गर्न राप्रपा सक्षम भएको दाबी गरे ।

उनले भने, ‘घन्टी बजेको छ, चुनावमा पनि बज्यो, उपचुनावमा पनि बज्यो, त्यो परिस्थिति सामना गर्न राप्रपा सामर्थ्यवान छ । अत्यन्त अप्ठ्याराे परिस्थिति छ । त्यही अप्ठ्याराे परिस्थिति सामना गर्न यो पार्टी, यसको नेतृत्व सामना गर्न भनेर अघि बढेको छ । यो पार्टीले त्यो समस्या सामना गर्छ, गर्छ, गर्छ ।’

प्रतिकृया दिनुहोस्