News Portal

नेपाल र यूएईबीच भोलि हुने खेल टिकट विना हेर्न पाइने

फरकपोस्ट संवाददाताबैशाख १८ काठमाडौं
११८१ पटक
बैशाख १८ काठमाडौं

एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र यूएईबीच भोलि हुने खेल हेर्न दर्शकले नयाँ टिकट किन्न नपर्ने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले नेपाल र यूएईबीचको भोलि हुने बाँकी खेल निशुल्क हेर्ने दिने जनाएको छ ।

‘आज टिकट काटेका समर्थकलाई पहिलो प्राथमिकता दिन्छौं,’ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले भने, ‘ठाउँ बाँकी रह्यो भने अरु समर्थकले पनि निशुल्क हेर्न पाउनुहुन्छ ।’

नेपाल विरुद्ध भोलि यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको स्थितिबाट अघि खेल्न थाल्ने छ । आज यो स्थितिमा पानी परेपछि खेल रोकिएको छ ।

प्रतिकृया दिनुहोस्