News Portal

रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने चयन

फरकपोस्ट संवाददाताबैशाख १८ काठमाडौं
२२२ पटक
बैशाख १८ काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा रवि लामिछाने चुनिएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले पार्टी सभापति समेत रहेका लामिछानेलाई संसदीय दलको नेता चयन गरेको हो ।

त्यसअघि बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेता बनाउन प्रस्ताव गरेको गरिसकेको थियोे । सोहीअनुसार नै सर्वसम्मत रुपमा लामिछानेलाई संसदीय दलको नेता चयन गरिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

मंसिर २०७४ को चुनावमा २० सिट जितेको रास्वपामा लामिछाने नै संसदीय दलको नेता चुनिएका थिए । तर नागरिकता विवादमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि डीपी अर्याल संसदीय दलको नेता चुनिएका थिए । गत १० वैशाखको उपचुनावमा लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए ।

रास्वपा संसदीय दलको बैठकले सांसद निशा डाँगीलाई सचेतक पनि तोकेको छ ।

प्रतिकृया दिनुहोस्