फरकपोस्ट संवाददाताबैशाख १९ काठमाण्डाैं

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई बधाई तथा शुभकामना दिएका छन् ।
उनले खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ खेलाडीहरूलाई हौसला बढाउन खेलमैदान पुगेका थिए ।
यस्तै, सभामुख देवराज घिमिरेले पनि एसिसी प्रिमियर कप क्रिकेट जित्दै एसिया कपमा छनोट भएकोमा नेपाली टिमलाई बधाई तथा शुभकामना दिएका छन् ।
उनले अभूतपूर्व जितले नेपाल र नेपालीको शिर उचो बनाएको र नेपाली क्रिकेटको व्यवसायिकीकरणमा थप सहयोग हुने विश्वास लिएको बताएका छन् ।