News Portal

राष्ट्रपतिले उपचारक्रममा भएको खर्च आफैंले व्यहोर्ने

फरकपोस्ट संवाददाताबैशाख १९ काठमाडौं
१०७९ पटक
बैशाख १९ काठमाडौं

राष्ट्रपति रामचन्द्र पौडेलले उपचारक्रममा भएको उपचार खर्च स्वयम् आफैंले व्यहोर्ने जानकारी गराएका छन् ।

राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले आज एक प्रेस विज्ञप्ति आज जारी गर्दै सो, कुराको जानकारी गराएका हुन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराइरहेका राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार नदेखिएपछि चिकित्सकहरुको सुझाव अनुसार थप उपचारको लागि भारतको नयाँदिल्ली समेत लगिएको थियोे ।

राष्ट्रपतिको स्वकीय सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा सुधार हुन नसकेपछि चिकित्सकहरूको सुझावअनुसार भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार भएको सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा विदितै छ । उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयंले व्यहोर्न चाहेको जानकारीका लागि अवगत गराइन्छ ।’

उपचारका लागि एयर एम्बुलेन्सबाट भारत लैजाँदा तथा उपचारकै क्रममा ठूलो खर्च लागेको र राष्ट्रलाई आर्थिक भार परेको भन्दै नागरिकस्तरबाट आलोचना भएको थियो ।

राष्ट्रपतिको पदभार गरेको केही दिनपछि उनीमा स्वास्थ्य समस्या देखिएको थियो ।

प्रतिकृया दिनुहोस्