News Portal

दिपिका र निश्चलको आवाजमा मौलिक गीत ‘बन्धकी’ सार्वजनिक

फरकपोस्ट संवाददाताबैशाख १९ काठमाडौं
२८५ पटक
बैशाख १९ काठमाडौं

लोकप्रिय लोक दोहोरी गायिका दिपिका बयम्बु मगर र निश्चल दवाडीको आवाजमा मौलिक दोहोरी गीत ‘बन्धकी’ सार्वजनिक भएको छ ।

गीतमा शब्द सृजना निश्चल दवाडीले गरेका हुन भने संगीत अर्को लोकप्रिय गायक सर्जक बाबुकृष्ण परियारले भरेका छन् । कृष्ण बि.क. ‘भान्जा’ को एरेन्ज, श्यामश्वेत रसाइलीको मिक्सिङ्ग मास्टरिङ्ग तथा गोविन्द अनेक र कमल थापाको रेकर्डिङ गरेको यस गीतको रेकर्ड प्रिज्म स्टुडियोमा गरिएको हो ।

म्युजिक भिडियोमा निश्चल, दिपिका, बाबुकृष्ण आफैंले अभिनय प्रस्तुत गरेका छन् । माैसम हिमालीको निर्देशन, करण चैसिरको छायांकन र नवीन घर्तीको सम्पादनमा म्युजिक भिडियो तयार पारिएको छ ।

गीतले माैलिताको पक्षलाई बलियो गरि बोकेको छ । गीतकार निश्चलले गीतमा अत्यन्तै सरल, माैलिक र मनछुने शब्द सृजना गरेका छन भने संगीतकार बाबुकृष्णले शब्दको भावलाई बुझेर संगीत गरेर गीतमा प्राण भरेका छन् ।

गीत गायिका Deepika Bayambu को अफिसियल युुटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

प्रतिकृया दिनुहोस्