News Portal

तनहुँमा ट्रक घरमा ठोक्किँदा ३ जनाको मृत्यु, ५ जना घाइते

फरकपोस्ट संवाददाताबैशाख २० काठमाडौं
३३९ पटक
बैशाख २० काठमाडौं

तनहुँमा ट्रक पल्टिई घरमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् ।

आज बुधबार बिहान ९ बजेर २० मिनेटको समयमा तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका वडा नं. ५ आधिखोलास्थित पृथ्विराजमार्ग सडक खण्डमा डुम्रे तर्फबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नं.को ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएको थियो ।

दुर्घटनामा ८ जना घाइते भएको र सबैलाई उपचारको लागि चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुर पठाएकोमा ३ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

मृत्यु हुनेमा तनहुँ बन्दिपुर गाउँपालिका वडा नं. १ बस्ने वर्ष १२ को आयुस भुजेल,  वर्ष ५० को चेतबहादुर घर्ती र अन्दाजी ६९ वर्षका सनबहादुर भुजेल रहेका उनले खाँणले बताए ।

५ जना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्