News Portal

मन्त्रिपरिषद् विस्तार, कांग्रेसका तीन मन्त्री थपिए

फरकपोस्ट संवाददाताबैशाख २० काठमाडौं
३३५ पटक
बैशाख २० काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः  मन्त्रिमण्डल विस्तार गरेका छन् । यो संगै कांग्रेसका तीनजना मन्त्री सरकारमा सहभागी भएका छन् ।

कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बू युवा तथा खेलकुद मन्त्रालयकाे जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नै तीन मन्त्रीलाई नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरूकाे शपथ भाेलि दिउँसाे ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्