News Portal

राष्ट्रपतिद्वारा बजेट अधिवेशनको आव्हान

फरकपोस्ट संवाददाताबैशाख २० काठमाडौं
१९३ पटक
बैशाख २० काठमाडौं

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २४ गते आइतबार दिउँसो ४ बजेका लागि संघीय संसद्‍का दुवै सदनको अधिवेशनको आह्वान गरेका छन् ।

मन्त्रिपरिषद्ले गरेको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार संसद्को अधिवेशन आह्वान गरेका हुन् । राष्ट्रपतिले अधिवेशन आह्वान गरेसँगै संसद् सचिवालयले सूचना जारी गरेर सांसदहरूलाई बैठकमा उपस्थित हुन आग्रह गरिसकेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले बजेट अधिवशेन आह्वानका लागि सिफारिस गरेको हो । बजेट अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।

प्रतिकृया दिनुहोस्