News Portal

एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ

फरकपोस्ट संवाददाताचैत २० काठमाडौं
४८७ पटक
चैत २० काठमाडौं

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी बुटवलबाट प्रहरीले पक्राउ परेको छ ।

आज बुधबार पक्राउ परेका सन्दीपलाई बिहीबार काठमाडौं ल्याईने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
यस प्रकरणबारे अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट टोपबहादुर रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको थियो ।

सन्दीपले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन एक करोडको चेक लिएको पाइएको स्रोतको दाबी रहेको छ ।

यो प्रकरणमा गत १२ चैतमा उपत्यका अपराध अनुसन्धान कार्यालयले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा प्रहरीले मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । बुधबार भने पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।

प्रतिकृया दिनुहोस्