News Portal

बिस्तारित मन्त्री मण्डलमा नवनियुक्त मन्त्रीहरूको सपथ आज हुने

नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालयलमा हुने भएको छ ।

फरकपोस्ट संवाददाताबैशाख २१ काठमाडौं
२४३ पटक
बैशाख २१ काठमाडौं

हिजो भएको मन्त्री मण्डल बिस्तारमा मन्त्री बनेका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण विहीबार (आज) हुनेभएको छ । नेपाली कांग्रेसका तर्फबाट मन्त्रीमा नियुक्त भएका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन कार्यक्रम रहेकोे छ ।

नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालयलमा हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार कांग्रेस उपसभापति समेत रहेका धनरा गुरुङलाई कानुन न्याय तथा संसदीय मामिला,  मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्रीमा नियुक्त गरेका थिए ।

यसअघि कानुन मन्त्रालयको जिम्मेवारी रक्षा मन्त्रीसमेत रहेका पूर्णबहादुर खड्काले सम्हाल्दै आएका थिए ।
प्रधानमन्त्री प्रचण्डले यो सहित आठौं पछक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रधानमन्त्रीले खानेपानी र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी आफैंले सम्हाल्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्