News Portal

लोकप्रिय सर्जक प्रसाद लामिछानेको ‘लेकमा गुराँस’ सार्वजनिक

फरकपोस्ट संवाददाताबैशाख २१ काठमाडौं
१३७३ पटक
बैशाख २१ काठमाडौं

लोकप्रिय सर्जक प्रसाद लामिछानेको सृजनामा नयाँ गीत ‘लेकमा गुराँस’ सार्वजनिक भएको छ ।

लोकप्रिय संगीतकार एवम् गायक बसन्त थापा र लोकप्रिय गायिका सुनिता बुढा क्षेत्री संगको सहकार्यमा सर्जक लामिछानेले नयाँ प्रस्तुति लिएर आएका हुन् ।

गीतमा शब्द संगीत लामिछानेले सृजना गरेका हुन् । कृष्ण केसीको संगीत संयोजन,कुमार रानाको मिक्सिङ्ग मास्टरिङ्ग रहेको यस गीतको रेकर्डिङ मारुनी स्टुडियोमा गरिएको हो ।

स्मृति तिमिल्सिना ‘गुरू आमा’ को निर्देशन, नवराज उप्रेतीको छायांकन, राजकुमार मगरको सम्पादनमा रहेको यस म्युजिक भिडियोमा नायिका शिल्पा पोख्रेल, कमल अर्याल, विराज लामिछाने र विनिता पौडेलले अभिनय गरेका छन् ।

सर्जकले गीतमा माया प्रेममा आउने उतारचढावलाई सजिलो र सरल ढंगले प्रस्तुत गरेका छन् । सर्जक लामिछानेका यसअघि पनि दर्जनौं सृजनाहरु लोकप्रिय बनिसकेका छन् । लामिछानेका घाम भन्दानी जूनको, तिमी घाम छाया, आफैं हारेम लगायतका सृजनाहरु दर्शक श्रोता माझ सर्वाधिक लोकप्रिय रहेका छन् ।

प्रतिकृया दिनुहोस्