News Portal

‘भ्रष्टाचारीहरुको फाइल खुल्दैछन्, यो ट्रेलर मात्र हो, सिंगै फिल्म देखिनेवाला छ’ प्रचण्ड

फरकपोस्ट संवाददाताबैशाख २२ काठमाडौं
२२२ पटक
बैशाख २२ काठमाडौं

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘भ्रष्टाचारीहरुको फाइल खोल्न सुरु गरिएको बताएका छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनामा प्रहरीले सुरु गरेको अनुसन्धानतर्फ लक्षित गर्दै प्रचण्डले भ्रष्टाचारको फाइल खोल्न थालेको र यो ट्रेलर मात्र भएको बताए

पार्टीको दलित संगठनले गरेको कार्यक्रममा बोल्दै कुनै पनि हालतमा भ्रष्टाचारलाई छुट दिन सकिदैन । अहिले त्यो प्रक्रिया सुरु भएको छ, यो ट्रेलर मात्र हो, हेर्दै जानुस् सिंगै फिल्म देखिनेवाला छ’ प्रचण्डले भने ।

उनले सरकार गलत प्रवृत्तिका विरुद्ध दृढताका साथ काम गर्दै जाने प्रक्रियामा अगाडि बढिसकेको बताए । यसबीचमा सरकारमाथि घेराबन्दी र दबाव आउन सक्ने भन्दै उनले उत्पीडित समुदायले आफूलाई साथ दिनुपर्ने बताए ।

‘सरकारले चालेको कदममा पक्कै पनि ठुल्ठुला घेराबन्दी होलान्, ठुल्ठूला दबावहरु आउलान्, धम्कीहरु होलान्, धेरै चिजहरु हुन सक्छन् यो बीचमा’ उनले भने, ‘तर उत्पीडित वर्ग समुदाय हाम्रो श्रमजीवि समुदाय साथमा भयो भने जतिसुिुकै ठूलो घेराबन्दी र दबाव र धम्कीको सामना गरिनेछ ।’

प्रतिकृया दिनुहोस्