News Portal

राजन भुजेल र रेजिना परियारकाे आवाजमा ‘युके लण्डनमा’ सार्वजनिक

फरकपोस्ट संवाददाताबैशाख २२ काठमाडौं
१३९ पटक
बैशाख २२ काठमाडौं

लोकप्रिय गायक राजन भुजेलको नयाँ गीत ‘यूके लण्डनमा’ सार्वजनिक भएको छ । राजन भुजेललाई स्वरमा पछिल्लाे समयकी लाेकप्रिय गायिका रेजिना परियारले साथ दिएकी छिन् ।

गीतकाे थेगाे राजन भुजेलले सृजना गरेका छन भने संगीत वरिष्ठ संगीतकार विन खातीले गरेका छन् । शब्द संयाेजन पनि विन खाती र राजन भुजेलले नै गरेका छन् । रिकेश गुरुङकाे संगीत संयोजन, श्यामश्‍वेत रसाइलीकाे मिक्सिङ्ग मास्टरिङ्ग रहेको यस गीतको रेकर्डिङ प्रिज्म स्टुडियोमा गरिएको हो ।

सुनिल क्षेत्रीको निर्देशन, दुर्गा पाैडेको छायांकन, अमृत चापाँगाइकाे सम्पादनमा रहेको यस म्युजिक भिडियोमा नायिका केकी अधिकारी, सुनिल क्षेत्री,गायक राजन भुजेल गायिका रेजिना परियारले अभिनय गरेका छन् ।

सर्जकले गीतमा माया प्रेममा आउने उतारचढावलाई सजिलो र सरल ढंगले प्रस्तुत गरेका छन् ।

प्रतिकृया दिनुहोस्