News Portal

नेपाली नागरिकता लिएकाे आरोपमा १० जना भारतीय नागरिक पक्राउ

फरकपोस्ट संवाददाताबैशाख २४ काठमाण्डाैं
२९६ पटक
बैशाख २४ काठमाण्डाैं

नेपाली नागरिकताको प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले १० जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतको उत्तर प्रदेशका स्थायी बासिन्दा भए पनि उनीहरुले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय पर्सा, बारा, सिरहा, रुपन्देहीलगायतका जिल्लाबाट नेपाली नागरिकता लिएको पाइएको छ । प्रहरीले तीन महिना लामो अनुसन्धानपछि उनीहरुलाई काठमाडौंको कलंकी, संखमुल, ललितपुरको पाटन लगायतका क्षेत्रबाट पक्राउ गरेको हो ।

उनीहरुसँग नेपालको मतदाता परिचय पत्र र भारतीय परिचय पत्र पनि फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु नेपालमा नै विभिन्न व्यवसाय गर्दै आइररहेको एसएसपी केसीले बताए ।

प्रतिकृया दिनुहोस्