News Portal

अन्टोनियो ग्रासिया र अमरेशकुमार

फरकपोस्ट संवाददाताबैशाख २५ काठमाडौं
४४० पटक
बैशाख २५ काठमाडौं

सन् २०१३ को डिसेम्बरमा मेक्सिको को पार्लियामेण्टमा अचानक अनौठो परिदृष्य देखियो। मेक्सिकन पार्लियामेण्टका सांसद अन्टोनियो गार्सिया ( Antonio Garcia) ले सदन चलिरहेकै समयमा पेण्टी बाहेकका आफ्ना सम्पूर्ण लुगा खोलेर बिरोध प्रदर्शन गरेका थिए ।

सरकारले देशको तेल सम्पदा बिदेशीको हातमा सुम्पिनेगरी कानून बनाएको भन्दै उनले, त्यसको बिरोधमा आफू नाङ्गो भएर बिरोध गरेको बताए ।

संसदको पोर्डियमबाट बोल्दै गार्सियाले भने : ” तपाईंहरू मलाई यस्तो नाङ्गो देखेर लज्जित हुनुभएको छ तर तपाईंहरू सडकमा हाम्रा नागरिक नाङ्गो देखेर कतैपनी लज्जित हुनुहुन्न। खाली खुट्टा,हतास,बेरोजगार अनि भोक। त्यसमाथी तपाईँहरूले ती जनताको सारा पैसा लुटिरहनु भएको छ”।

मेक्सिकन सांसद तिनै गार्सियाको झल्को दिनेगरी आज नेपालको संसदमा स्वतन्त्र सांसद अमरेशकुमारले अर्धकद कपडा खोलेर बिरोध प्रदर्सन गरेका छन् ।

प्रायः हाम्रो देशमा यस्ता घटना क्षणिक चर्चा,राजनैतिक उत्तेजना सहितको शुभलाभ प्राप्त गर्ने मनोदशाबाट रचिने गरेका देखिंदै आएको छ। पटकपटक देखिएको छ ।

‘फण्डा’ र ‘चटक’ असाध्यै मन पराउने स्वभाव भएका रैथाने नेपालीहरू यस्ता उधुम काण्डले ‘भावनात्मक उत्तेजना’मा आएर आई लब यु फलाना र वी लभ ढिस्काना भन्न थालिहाल्छन ।

लामो समय देखि नेपाली काँग्रेस भित्रको ‘मुख्य भारतिय दलाल र सुराकी’को आरोप खेप्दै आएका सिंह गत चुनावमा स्वतन्त्र सांसदको रूपमा निर्वाचित भएर आएका हुन् ।अमरेशले पछिल्लो समय फरक ढंगले आफ्नो बिचार राख्दै आएका छन् । आशा गरौं अमरेशले केही राम्रो गरून् ! आशा बाहेक त के नै गर्न सकिएला र?
(अमरेशकुमार उपर हालै भ्रष्टाचारको एउटा मुद्दा दर्ता भएको छ,त्यसैको साईड ईफेक्ट हो भन्न नसकिने अवस्था छैन)

प्रतिकृया दिनुहोस्